भूमिसम्बन्धी विधेयक फिर्ता लिन सरकारसँग संघीय लोकतान्त्रि मोर्चाको माग

NepalOne
७ जेठ २०८२ १९:५०
राजनीति

काठमाडौं । संघीय लोकतान्त्रि मोर्चा सरकारले ल्याएको भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक फिर्ता लिन आग्रह गर्ने निष्कर्ष निकालेको छ । बुधबार बसेको जनमत पार्टीले संघीय लोकतान्त्रि मोर्चाको मूल समितिको बैठकले विधेक असंवैधानिक रहेको निष्कर्ष निकाल्दै सरकारलाई फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए ।

उनले भने,‘यो सरकारले संसद प्रस्तुत गरेको भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न विधेयक ल्याएको छ । संविधानको अनुसूची ६ अनुरुप भूमि व्यवस्था र भूमिसुधार सम्बन्धी अभिलेख राख्ने अधिकार रहेकोले प्रदेशको क्षेत्रअधिकारमा हस्तक्षेपगरी ल्याएको विधेयक असंवैधानिक रहेको भूमि ऐन र सुकुम्बासीको समस्या समाधान यो विधेयबाट हुन सक्दैन् ।

सुकुम्बासीको समस्या समाधान गर्न प्रचलित ऐन नै पर्याप्त रहेको छ । यो जनताको हितमा नरहेकोले सरकारले फिर्ता लिनुपर्छ भन्ने अनुरोध गरिएको छ ।’ त्यस्तै बैठकले आगामि बजेट जनसङख्या र मानव विकास सूचाङकको आधारमा विनियोजन गर्न आग्रह समेत गरेको छ ।


प्रतिक्रिया