पार्टी एकताका विषयमा नेपाल समाजवादी पार्टीभित्र विवाद

NepalOne
८ जेठ २०८२ १३:२१
प्रमुख खबर

काठमाडौँ । महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीमा विवाद भएको छ । सहअध्यक्ष गंगानारायण श्रेष्ठ लगायत माओवादी पृष्ठभूमिका नेताहरूले पार्टी एकताबारे निर्णय लिन जेठ ११ गते केन्द्रीय समितिको छुट्टै बैठक बोलाएपछि विवाद भएको हो ।
यादव समूहले बिहीबार विज्ञप्ति जारी गर्दै नेसपाको नाममा बोलाइएको केन्द्रीय समिति बैठक आधिकारिक नभएको जिकिर गरेको छ । साथै माओवादीसँग रुपान्तरणसहित एकता गर्न दृढ रहेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया
ताजा अपडेट