द्वन्द्वपीडितलाई विश्वासमा लिएर संक्रमणकालीन न्यायको काम टुंग्याउन आयोगको आग्रह

NepalOne
८ जेठ २०८२ १७:४६
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वपीडितलाई विश्वासमा लिएर संक्रमणकालीन न्यायको काम टुंग्याउन आग्रह गरेको छ ।
बिहीबार विज्ञप्ति जारी गरी आयोगले विगतका असफल प्रयासबाट पाठ सिक्दै द्वन्द्वपीडितलाई न्याय सुनिश्चित हुने विश्वास दिलाउनु पर्ने बताएको हो । आयोगले सरकारले गठन गरेका संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको गठन प्रक्रियाप्रति द्वन्द्वपीडितहरूले जनाएको असहमतिलाई गम्भीरतापूर्वक लिएको पनि बताएको छ ।
आयोगले द्वन्द्वपीडितहरूको स्वीकार्यता, विश्वसनीयता र सहयोग बिना संक्रमणकालीन न्याय टुंगोमा पुग्न नसक्ने स्पष्ट पारेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विवाद र असहमतिलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्न सकिन्छ । विगतका असफल प्रयासहरूबाट पाठ सिक्दै द्वन्द्वपीडितलाई न्याय सुनिश्चित हुने विश्वास दिलाउन आवश्यक छ ।’
प्रतिक्रिया
ताजा अपडेट