ढोरपाटनका मेयर नेपालीलाई २० लाख धरौटीमा छाड्न आदेश

NepalOne
८ जेठ २०८२ २१:२८
प्रमुख खबर

गण्डकी । जिल्ला अदालत कास्कीले बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई धरौटीमा छोड्न आदेश दिएको छ ।

बिहीबार न्यायाधीश कृष्णजंग शाहको इजलासले नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश दिएको हो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए ।

नेपाली हाल बागलुङ कारगारमा छन् । उनी ईमेज बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा जिल्ला अदालत बागलुङले थुनामा पठाउन आदेश दिएको थियो ।


प्रतिक्रिया