चलचित्र ‘आ बाट आमा’ मा अभिनेत्री विपना थापा अनुबन्ध

NepalOne
८ जेठ २०८२ १५:००
मनोरञ्जन

काठमाडौं । चलचित्र ‘आ बाट आमा’मा अभिनेत्री विपना थापा अनुबन्ध भएकी छन् । यो चलचित्रलाई चन्द्र पन्तले निर्देशन गर्दै छन् ।

निर्देशक पन्तले सिनेमाले आमा र सन्तानबीचको गहिरो कथा भन्ने बताएका छन् । चलचित्र भदौदेखि छायाँकनमा जानेछ ।

यसअघि अभिनेत्री थापाले ‘ह्रस्व दीर्घ’मा मेयरको भूमिकामा निवार्ह गरेकी थिइन् । अभिमन्यू निरवीले स्क्रिप्ट लेखिरहेको यस चलचित्रको थिम पोष्टर केही दिनअघि सार्वजनिक भएको थियो । जहाँ आमाको आँखाबाट खस्न लागेको आँसुलाई बच्चाको हातले अड्याउने कोसिस गरेको छ ।


प्रतिक्रिया