देशमा केही भएन भनेर भ्रम छर्ने कुरा फेसन जस्तो भयोः उपप्रधानमन्त्री सिंह

NepalOne
१० जेठ २०८२ १७:४३
राजनीति

काठमाडौँ । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नकारात्मक कुरालाई मात्रै बढी प्रचार गरेर प्राप्त उपलब्धिलाई नजरअन्दाज गर्ने प्रवृत्ति बढेको बताएका छन् ।

शनिबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाडौँ महानगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अहिले प्राप्त उपलब्धि धेरैको बलिदान र संघर्षबाट प्राप्त भएको भन्दै उनले देशमा केही भएन भनेर भ्रम छर्ने कुरा फेसन जस्तो भएको सिंहले बताए ।

‘अहिलेको समय नेगेटिभ कुरालाई हाइलाइट गर्ने, प्राप्त उपलब्धिलाई केही होइन यो, प्राप्त गरेको कुरा केही होइन भन्ने । प्राप्त गरेको कुरा केही होइन भने के नयाँ प्राप्ति गर्न यो आवाज उठिरहेको छ त ? यतातिर पनि हाम्रो ध्यान जानुपर्छ । लामो समयको त्याग तपस्या र बलिदानले अहिलेको प्रणाली ल्याएका छौँ,’ उपप्रधानमन्त्री सिंहले भने ।

अहिले प्राप्त भएको अधिकारलाई सुरक्षित गरेर संस्थागत गर्दै अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।


प्रतिक्रिया