डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, दुई राउण्ड हवाइ फायर

NepalOne
१० जेठ २०८२ १८:५९
प्रमुख खबर

काठमाडौं । शनिबार दिउँसो डोल्पाको ठुली भेरी नगरपालिका– १ ठाला लेकमा यार्सागुम्बा संकलन गर्न गएका २ समूहबीच झडप भएको छ ।

पूर्वी रुकुम जिल्ला मैकोट गाउंपालिका र डोल्पाको काईके गाउँपालिका तथा ठुलीभेरी नगरपालिकाका स्थानीयबीच् यार्सागुम्बा संकलनमा सीमा ईलाकाको विषयमा विवाद भई अन्दाजी ६/७ सय जनाको संख्यामा रहेका उनीहरुबीच आपसी झडप भएको हो ।

स्थितिलाई नियन्त्रणमा लिनको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको सुरक्षाफौजले एसएलआर बाट २ राउण्ड हवाईफायर गरेको रअहिले त्यहाँको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।


प्रतिक्रिया