१७ अंकले बढ्यो शेयर बजार

NepalOne १४ जेठ २०८२ १५:४३
अर्थ समाचार

काठमाडौं । साताको चौथो दिन बुधबार सेयरबजार नेप्से बढेको छ । बुधबार नेप्से १७.४४ अंकले बढेको हो । आज दुई करोड कित्ता सेयर ८ अर्ब ५८ करोडमा किनबेच भएको छ ।

आज धितोपत्रहरुको वृद्धिदर १० प्रतिशतसम्म हुँदा घटेकाहरुको गिरावट दर अधिकतम ५.२६ प्रतिशतसम्म छ ।

आज ओम मेगाश्री फम्र्यास्युटिकल्सको सेयर १० प्रतिशतले बढ्दा प्योर इनर्जीको ९.९९ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको ९.८५ प्रतिशत, भूगोल इनर्जी डेलपमेन्टको ९.१५ प्रतिशत र अरुण कावेली पावर लिमिटेडको ५.८९ प्रतिशतले बढेको छ।


प्रतिक्रिया