लगनखेलबाट तानेर जावलाखेल पुर्याइएको रातो मच्छिन्द्रनाथको रथ(फोटोफिचर)

NepalOne १५ जेठ २०८२ २२:५१
प्रमुख खबर

काठमाडौँ । रातो मच्छिन्द्रनाथको रथ बिहीबार लगनखेलबाट तानेर जावलाखेल पुर्याइएको छ । बिहीबार अपरान्हदेखि रथ तान्न सुरू गरेर साँझ जावलाखेल पुर्याइएको हो ।

वर्षा र सहकालका देवताका रूपमा पुजिने मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ। जावलाखेल पुर्याएसँगै अब आइतबार भोटो जात्रा मनाइन्छ । रातो मच्छिन्द्रनाथको जात्रा नेपालमा मनाइने सबैभन्दा लामो जात्रा हो।

मच्छिन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा शुरु भएर आषाढ शुक्ल चतुर्थीसम्म चल्छ । मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ ।

पुल्चोकमा रथारोहण गरी सुरू भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्याएर भोटो देखाइन्छ। यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ।

तस्बिरः रत्न श्रेष्ठ/रासस


प्रतिक्रिया