कांग्रेस नेता आलमलाई मस्तिष्कघात

NepalOne १६ जेठ २०८२ २०:५६
प्रमुख खबर

काठमाडौं । उच्च अदालतबाट सफाइ पाएर बुधबार रिहा भएका नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ । मस्तिष्कघात भएपछि उनलाई शुक्रबार साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालको आईसीयूमा भर्ना गरिएको छ ।

हाल आलमको स्वास्थ्य अवस्था स्थिर छ । रौतहटमा इटाभट्टामा मान्छेलाई जिउँदै पोलेर हत्या गरेको आरोपमा उनले बुधबारमात्रै अदालतबाट सफाइ पाएका थिए ।

जिल्ला अदालत रौतहटले १३ वैशाख २०८१ मा उनीविरुद्ध जन्मकैदको फैसला सुनाएको थियो । उच्च अदालतले जिल्लाको फैसला बदर गरेको हो ।


प्रतिक्रिया