जेठ २० गतेदेखि असार १५ गतेसम्म प्रतिनिधिसभा बैठक १९ दिन बस्ने

NepalOne १६ जेठ २०८२ १६:१८
प्रमुख खबर

काठमाडौं । कार्यव्यवस्था समितिको बैठकले प्रतिनिधिसभा बैठकको जेठ र असारको पाक्षिक सम्भावित कार्यतालिका सार्वजनिक गरिएको छ ।

शुक्रबार बसेको कार्यव्यवस्था समितिको बैठकले जेठ १६ देखि ३१ गतेसम्म र असार १ देखि १५ गतेसम्मको सम्भावित कार्यसूची टुंग्याएको एमालेका प्रमुख सचेतक महेश वर्तौलाले जानकारी दिए ।

उनले जेठ २० गतेदेखि प्रारम्भ हुने बैठकमा सहज ढंगले लैजानेगरी आग्रह गरेको बताए । संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार जेठमा १० वटा र असार १५ गतेसम्म ९ वटा बैठक निर्धारण गरिएको छ ।

पारित कार्यतालिका अनुसार जेठमा २०, २१, २२, २३, २५, २६, २७, २८, २९ र ३० गते बैठक बस्नेछ भने असार १, २, ३, ४, ५, ६, १०, ११ र १२ गते बैठक बस्नेछ ।

यही २० गतेबाट बजेटमाथि छलफल प्रारम्भ हुनेछ भने २३ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि उठेका जवाफमा प्रष्टीकरण दिनेछन् ।

२६ गतेबाट मन्त्रालयगत छलफल र खर्च कटौतीका प्रस्तावहरू राखिएको भने सम्भावित तालिकाअनुसार २० गते संघीय निजामती सेवा विधेयक पेश गरिनेछ । त्यस्तै सम्भावित तालिका अनुसार २५ गते भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पेश गरिनेछ ।


प्रतिक्रिया