कोशी प्रदेशबाट मनसुन नेपाल प्रवेश

प्रमुख खबर

काठमाडौं । यसवर्षको मनसुन बिहीबार रातिदेखि नेपाल प्रवेश गरेको छ । नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसका कारण कोशी प्रदेशका अधिकांश मौसम केन्द्रहरुमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको छ ।
नेपालका अन्य भू–भागहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समयमा लाग्ने देखिन्छ। हाल देशको बाँकी भू–भागमा भने पश्चिमी वायू र स्थानीय वायूको प्रभाव यथावत रहेको देखिन्छ ।
मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्थाको निरन्तर अनुगमन गरिरहेको र सोही अनुसार नियमित रूपमा मौसम सूचना अद्यावधिक गर्दै जाने जनाएको छ ।
प्रतिक्रिया
ताजा अपडेट