सर्वोच्चद्वारा राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा कारण देखाउ आदेश जारी

NepalOne १४ जेठ २०८२ १९:००
अर्थ समाचार

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैङ्कका गभर्नरमा डा. विश्व पौडेललाई गरेको नियुक्तिविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले गभर्नर नियुक्ति प्रकरणमा कारण देखाऊ आदेश जारी गरेको हो । साथै इजलासले दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

गभर्नर नियुक्ति बदर माग गर्दै अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सर्वोच्चमा मङ्गलबार रिट दायर गरेका थिए ।

रिटमा नेपाल राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नर नियुक्ति गरिएको दाबी छ । पौडेललाई जेठ ६ गते सरकारले गभर्नर नियुक्त गरेको थियो ।


प्रतिक्रिया