गणतन्त्र दिवसको अवसरमा खुला दौड प्रतियोगिता

NepalOne १४ जेठ २०८२ १८:४१
खेलकुद

चौतारा (सिन्धुपाल्चोक), १४ जेठः अठारौँ गणतन्त्र दिवसका अवसरमा जिल्ला सदरमुकाम चौतारामा आज खुला दौड प्रतियोगिता आयोजना गरिएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा पाँच किलोमिटर खुल्ला पुरुष, पाँच किलोमिटरमा ४० वर्षमाथिका पुरुष र तीन किलोमिटर महिला खुला दौड प्रतियोगिता भएको हो ।

पाँच किमीअन्तर्गत खुला पुरुष दौडमा इन्द्रध्वज गणका सागर विक प्रथम, अमृत बयलकोटी द्वितीय र रामबहादुर सुनारी तृतीय हुनुभएको छ । विक निर्धारित दूरी १८ मिनेट १६ सेकेन्डमा पार गर्दै प्रथम हुनुभयो । बयलकोटीले १८ मिनेट ४४ सेकेन्डमा र सुनारीले १९ मिनेट सात सेकेन्डमा निर्धारित दूरी पार गर्दै द्वितीय र तृतीय हुनुभएको हो ।

पाँच किमीअन्तर्गत ४० वर्षमाथिका पुरुषतर्फ चौतारा साँगाचोकगढी नगरपालिका–१३ का दुर्गाप्रसाद ढुङ्गेलले २३ मिनेट ३८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै प्रथम हुनुभयो । सशस्त्र प्रहरीका राजु कोइरालाले २५ मिनेट ५२ सेकेन्ड र जगतबहादुर भुजेलले २६ मिनेट ३२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै द्वितीय र तृतीय हुनुभयो ।

तीन किमी महिला दौड प्रतियोगितामा चौतारा साँगाचोकगढी–७ की निमा तामाङले १७ मिनेट ४९ सेकेन्डमा निर्धारित दूरी पार गर्दै प्रथम हुनुभयो । चौतारा साँगाचोकगढी–७ कै स्मृति श्रेष्ठले १९ मिनेट ४४ सेकेन्डमा र समुना श्रेष्ठले २० मिनेट ४६ सेकेन्डमा निर्धारित दूरी पार गर्दै द्वितीय र तृतीय हुनुभयो । आज भएको प्रतियोगितामा महिला तथा पुरुष गरी एक सय जनाले सहभागिता जनाएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दङ्गालले जानकारी दिनुभयो ।


प्रतिक्रिया