नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्न एमाले सांसद थापाको प्रस्ताव

NepalOne १९ जेठ २०८२ १६:०३
फिचर

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले नेपालको नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्न सुझाव दिएका छन् ।

सोमबारको संसदको अर्थ समितिको बैठकमा सांसद थापाले नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्न राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेललाई सुझाव दिएका हुन् ।

उनले नेपालको एकीकरणकर्ताको तस्बिर नोटमा राख्दा राष्ट्र बैंक र देशको इज्जत बढ्ने बताए । उनले भने, ‘म राजावादी हैन, राजतन्त्र फाल्न लडेको मान्छे हुँ । तर, पृथ्वीनारायणशाहलाई राजावादीले मात्र मान्ने हैन । सबै नेपालीले मान्नुपर्छ । नोटमा पृथ्वीनारायण शाह तस्बिर अंकित नोटको थालनी गर्नुपर्छ । नेपालको एकीकरणकर्ताको तस्बिर नोटमा छाप्ने कुराले राष्ट्र बैंक र देशको इज्जत बढ्छ ।’


प्रतिक्रिया