संसदको गतिरोध अन्त्यका लागि ओली, देउवा र प्रचण्डबीच छलफल हुँदै

फिचर

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता हुन लागेको हो ।
सिंहदरबारमा तीन शीर्ष नेताबीच छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संसदको गतिरोध अन्त्य गर्नेबारे उनीहरूबीच छलफल हुन लागेको हो ।
त्यसअघि प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ । भेटमा संसदको गतिरोध हटाउनेबारे छलफल भएको बताइएको छ ।
प्रतिक्रिया
ताजा अपडेट