प्रमुख तीन दलका शीर्ष नेता छलफलमा

NepalOne १९ जेठ २०८२ १६:४६
राजनीति

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेता छलफलमा जुटेका छन् । सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड छलफलमा जुटेका हुन् । संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा उनीहरु छलफलमा जुटेका हुन् ।

छलफलमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णबहादुर सिटौला, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका नेताहरू देव गुरूङ, हितराज पाण्डे र महिन्द्र राय यादव पनि सहभागी छन् ।

भिजिट भिसा प्रकरणलाई लिएर माओवादीसहित प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरोध गर्दै आएका छन्।


प्रतिक्रिया