नयाँ रणनीति तय गर्न राजावादीहरुको बैठक बस्दै

NepalOne २१ जेठ २०८२ १२:०६
बिशेष

काठमाडौं । राजसंस्था र हिन्दूराज्य पुनःस्थापनाको मागसहित आन्दोलन गर्दै आएको ‘संयुक्त जनआन्दोलन समिति’ नयाँ रणनीति बनाउने तयारीमा जुटेको छ ।

पहिलो चरणको आन्दोलन उत्साहजनक रुपमा सम्पन्न भएको निष्कर्ष निकाल्दै समितिले थप रणनीति तय गर्न आज दिउँसो २ बजे बैठक बोलाएको छ । समितिका संयोजक नवराज सुवेदीले नवदूर्गा पार्टी प्यालेस सुकेधारामा दिउँसो २ बजे बैठक बोलाइएको जानकारी दिए ।

बैठकमा एक हप्ता लामो पहिलो चरणको आन्दोलनको समीक्षा र नयाँ कार्यक्रमको तयारीबारे छलफल हुने उनले बताए । बैठकमा संयुक्त जनआन्दोलन समितिमा आबद्ध ४४ राजनीतिक दल, समूह र अभियानका प्रतिनिधि सहभागी हुनेछन् ।


प्रतिक्रिया