विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित

NepalOne २२ जेठ २०८२ १७:५४
प्रमुख खबर

काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बिहीबार बैठक सुरु हुनासाथ विपक्ष दलहरूले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले आज सबै कार्यक्रम स्थगित गरिएको घोषणा गरेका थिए ।

बिहीबार निर्धारित समयभन्दा ढिला सुरू भएको बैठकमा विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग्दै पुरानै अडान दोहोर्याएर सदन अरुद्ध पारेका थिए।

सभामुख देवराज घिमिरेले सदन सञ्चालनका लागि आग्रह गरे पनि विपक्षी दलहरूले अस्वीकार गरेका थिए । सभामुख घिमिरेले नियमित सदन अवरुद्ध हुँदा काम कारबाही प्रभावित भएको र बजेटका विषयमा पनि छलफल हुन नसकेको भन्दै सांसदहरूको ध्यानाकर्षण गराए ।

तर, सांसदहरूले होहल्ला कायमै राखेपछि सभामुख घिमिरेले कार्यसूची हटाएको सूचना सुनाउँदै संसद बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए । भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखको राजीनामा माग्दै सदन अवरुद्धछ गर्दै आएका छन् ।


प्रतिक्रिया