एमाले प्रदेशसभा सदस्य ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अपराध

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एमालेका मधेश प्रदेशका सांसद दीपेन्द्र कुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले मंगलबार सांसद ठाकुरसहित १७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
गाँउपालिकामा १५ शैयाको अस्पताल निर्माण गर्दा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो । ठाकुर धनुषा क्षेत्र नं. ३(ख)बाट निर्वाचित ठाकुर एमालेका सांसद हुन् । आयोगले उनीहरूमाथि ६ करोड ७९ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।
प्रतिक्रिया
ताजा अपडेट