मुलुकमा जताततै देखिने गरी केही भएको छ भने ‘त्यो भ्रष्टाचार हो’ : पूर्ण बस्नेत

NepalOne २८ जेठ २०८२ ७:१६
राजनीति

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रचार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले भ्रष्टाचारीलाई आजीवन कारावासको व्यवस्था गनुपर्ने माग गरेका छन् ।

उच्च ओहोदामा रहेका राजनीतिज्ञ, कर्मचारी तथा अन्य पदाधिकारीहरुको सम्पत्ति छानबिन गरी गैरकानुनी रुपमा आर्जित सम्पत्ति राष्ट्रियकरण गर्ने र भ्रष्टाचारीलाई बाँचुञ्जेल कैदमा राख्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

बस्नेतले भने, ‘देशमा जताततै सुनिने र जताततै देखिने गरी केही भएको छ भने ‘त्यो भ्रष्टाचार हो’। मुलुकमा व्यापक भष्टाचार हुन्छ’ भनि ढुक्कका साथ भन्न सकिने अवस्था बनेको छ ।’

भ्रष्टाचार नियन्त्रणका लागि मानिसको सोच, संस्कार र व्यवहारमा सुधार ल्याउनुपर्नेमा उनको जोड रहेको छ ।
भ्रष्टाचार मुलुकमा भयङ्कर डरलाग्दो रोगको रुपमा फैलिएको भन्दै बेलैमा सजग नभए यसले मुलुकलाई ठूलो दुर्घटनामा लैजानसक्ने उनको भनाइ छ ।


प्रतिक्रिया