नेपालले वेस्ट इन्डिजसँग टी–२० आई सिरिज खेल्ने

खेलकुद

काठमाडौं । नेपालले वेस्ट इन्डिजसँग टी–२० आई सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार नेपाली राष्ट्रिय टिमले वेस्ट इन्डिजसँग टी–२० आई सिरिज खेल्न लागेको जानकारी दिएको हो ।
सिरिज आगामी २७, २८ र ३० सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट स्टेडियममा हुनेछ । नेपालले पहिलोपटक आईसीसी क्रिकेट विश्वकप विजेता वेस्ट इन्डिजसँग खेल्न लागेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
वेस्ट इन्डिजविरुद्धको सिरिजले नेपाली क्रिकेटको इतिहासमा नयाँ अध्याय थप्ने विश्वास क्यानले लिएको छ । क्यानले सिरिजको सफल आयोजनामा सहयोग पुर्याउने इमिरेट्स क्रिकेट बोर्डप्रति पनि आभार प्रकट गरेको छ ।
प्रतिक्रिया
ताजा अपडेट