मधेस प्रदेशका सांसद सरोजकुमार सिंह पक्राउ

बिशेष

काठमाडौं । मधेस प्रदेश सभाका सांसद सरोजकुमार सिंह पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिंहलाई नियन्त्रणमा बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो ।
निर्वाचन क्षेत्र विकास कोषको रकम उपभोक्ता समितिमार्फत कमिसन बुझ्ने गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
उनी जनता समाजवादी पार्टीका सांसद हुन् । महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित उनको घरमा अख्तियारले यसअघि छापा मारेको थियो । त्यस्तै प्रहरीले उनका स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई यसअघि नै अख्तियारले नियन्त्रणमा लिइसकेको थियो।
प्रतिक्रिया
ताजा अपडेट