प्रधानमन्त्रीद्धारा क्रिसमसको शुभकामना : ‘चाडपर्वले आपसी भाइचारा र एकताको अभिवृद्धिमा मद्दत पुग्छ’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले आपसी भाइचारा र राष्ट्रिय एकताको अभिवृद्धिमा मद्दत पुग्ने बताएका छन् । इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमसको अवसरमा इसाई धर्मावलम्बीलाई शुभकामना दिंदै उनले चाडपर्वलाई आफ्नो संस्कार र संस्कृतिको अभिव्यक्तिका रूपमा उत्साहपूर्वक मनाउनु पर्ने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले संसारभर नै मानव समुदायले आफ्ना देवता र धर्म प्रवर्तकजस्ता महान् व्यक्तित्वहरूको जन्मदिनलाई व्यापक उत्साह र सद्भावका साथ मनाउने उल्लेख गर्दै डिसेम्बर २५ का दिन इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट अर्थात् प्रभु येशुको जन्मदिनलाई क्रिसमसका रूपमा विविध कार्यक्रमका साथ मनाउने प्रचलन रहेको बताएका छन् ।

Reporter