मोबाइलमा गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

NepalOne १५ पुष २०७९ ११:४५
प्रमुख खबर

काठमाडौँ / नेकपा माओवमदी केन्द्रका अध्यक्ष् तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशबाट फर्केका नेपालीले ल्याउने मोबाइलमा कडाइ गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिनु भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले (पुष १५) आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याएकाको थियो । उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री प्रचण्डले दिनु भएको हो ।

सर्वसाधारणले विदेशबाट ल्याउने मोबाइलमा समेत कडाइ गर्न खोजिएकोप्रति तीव्र आलोचना भएपछि प्रधानमन्त्री प्रचण्डले यस्तो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिनु भएको हो । एको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

 


प्रतिक्रिया