तमू समुदायको गौरवशाली परम्परालाई सरकारले उच्च सम्मान गर्ने छ : प्रधानमन्त्री प्रचण्ड

NepalOne १५ पुष २०७९ १५:५२
प्रमुख खबर

काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमू समुदायको गौरवशाली परम्परालाई सरकारले उच्च सम्मान गर्ने बताउनुभएको छ ।

शुक्रबार गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमू ल्होछार कार्यक्रमलाई सम्बोधन गदै उहाँले यस्तो बताउनु भयो । उहाँले ल्होसारको महिमा अहिले काठमाडौंमा मात्र नभएर ७७ जिल्ला हुँदै विश्वव्यापी बनेको बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘तमू समुदायको मौलिक र ऐतिहासिक पहिचान स्थापित छ। आफ्नो इमान्दारिता, लगनशीलता, मेहनत, वीरता र बलिदानको कीर्तिमानीका कारण तमू समुदायको नेपाली पात्रोमा गर्वको एउटा पहिचान छ ।, विश्वभरीका लागि इमान्दारिता, पारदर्शिता, त्याग, बलिदान, समर्पण पर्यायको रुपमा स्थापित छ । तमू समुदाय र उनका पूर्खाले आर्जन गरेको गौरवशाली परम्परालाई हामी उच्च सम्मान गर्न चाहन्छौँ ।’’

तमू समुदायको नयाँ वर्षको पात्रोले सबैलाई स्वागत गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले शुभकामना तथा बधाइसमेत दिनुभएको छ ।

 


प्रतिक्रिया