जयेन्दु बाल सुधार गृहबाट भागेका चार बालक अझै परेन्न फेला

जयेन्दु बाल सुधार गृहबाट भागेका चार बालक अझै परेन्न फेला

बाँके  । डुडुवा गाउँपालिका ६ स्थित जयेन्दु बाल सुधार गृहबाट भागेका चारजना बालक अझै फेला परेका छैनन् । जबरजस्ती करणीका तीन र कर्तब्य ज्यान मुद्दाका एक गरी चारजना बिहीबार बेलुका सुधार गृहबाट भागेका चार बालक अझै फेला नपरेका हुन् ।

अपराधमा मुछिएका बालकलाई उक्त बाल सुधार गृहमा राखिएको थियो । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार ‘खोजी कार्य जारी रहेको र अहिलेसम्म फेला पर्ने सकेका छैन् ।

बन्दी गृहमा रहेका बालक फरार भएपछि त्यसको छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ ।

Reporter