पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा उत्प्रेषण आदेश जारी

NepalOne २१ जेठ २०८२ १७:२८
प्रमुख खबर

काठमाडौँ । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको अपहरण र ज्यान मार्ने मुद्दासम्बन्धी रिटहरू सर्वोच्च अदालतले उत्प्रेषण आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको संवैधानिक इजलासले बुधबार उत्प्रेषण जारी गरेको हो । द्वन्द्वकालमा नेकपा माओवादीबाट मारिएका काभ्रेका अर्जुन लामाकी पत्नी पूर्णिमायाले दायर गरेको रिटमा यस्तो आदेश जारी भएको हो ।

प्रहरीले अनुसन्धान गर्न लागेकोमा मन्त्रिपरिषद्ले तामेलीमा राख्न निर्णय गरेपछि उक्त निर्णयविरुद्ध २०७९ मङ्सिर ७ गते पूर्णिमायाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

सर्वोच्चले सापकोटा विरुद्ध अनुसन्धान हुने गरी उत्प्रेषणको आदेश जारी गरेको हो । यस्तै अधिवक्ता सुशील प्याकुरेलसहित ८ जनाले सापकोटालाई मन्त्री बन्न रोक्न मागदाबी गर्दै २०७२ चैत २६ गते दायर गरेको रिट सर्वोच्चले खारेज गरेको छ ।


प्रतिक्रिया