लुटेरा समूहद्वारा सप्तरीको सुरुंगामा गोली हानी एकजनाको हत्या

NepalOne २३ जेठ २०८२ ८:४८
अपराध

राजविराज । सप्तरीको सुरुंगामा गएराति लुटेरा समूहले गोली हानी एकजनाको हत्या गरेको छ । मध्यरातमा टोलमा पसेका लुटेरा समूहले लुटपाट सुरु गरेपछि प्रतिकारका क्रममा गोली लागेर एकजनको मृत्यु भएको हो ।

प्रतिकार गर्दा लुटेराले हानेको गोली लागेर स्थानीय ५० वर्षीय कान्तलाल चौधरीको मृत्यु भएको एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । ‘घटनास्थलमा एउटा गोलीको खोका र तीन वटा गोली पनि बरामद भएको उनले बताए ।

लुटेराले मृतक कन्तलालका भाइ ४० वर्षीय रामाकान्त चौधरीमाथि पनि धारिलो हतियार प्रहार गरेका छन् । रामाकान्त दाजुसँगै लुटेराको प्रतिकार गरिरहँदा उनीमाथि धारिलो हतियार प्रहार बताइएको छ ।

घाइतेलाई उपचारका लागि लहान पठाइएको छ । लुटेरा समूहले ५०/६० हजार नगद, ५ तोला सुन, २ किलो चाँदीसहितका गहन लुटेर लगेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया