कोदालो प्रहार गरी नवलपरासी पश्चिममा एक व्यक्तिले गरे बाबु र छिमेकीको हत्या

अपराध

परासी । नवलपरासी पश्चिममा दुई जनाको हत्या भएको छ । शुक्रबार बिहान साढे १० बजेतिर सुनवल नगरपालिका–२ औरहियामा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरदत्त पन्तले जानकारी दिएका छन् ।
उनका अनुसार ५० वर्षीय जयराम थारू र ७० वर्षीय नाथु धरिकारको हत्या भएको हो। हत्या आरोपमा जयरामका २७ वर्षीय छोरा हेमराजलाई प्रहरीले पक्राउ गरेको छ । हेमराजले दुबै जनामाथि कोदालो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनलाई कोदालोसहित पक्राउ गरिसकेको डीएसपी पन्तले बताए । सुरूमा जयरामको हत्यापछि नाथुरामलाई बाहिर भेटेर उनीमाथि पनि प्रहार गरेको प्रहरीको भनाइ छ। के विषयमा हत्या भएको भन्ने खुलिसकेको छैन।
प्रतिक्रिया
ताजा अपडेट