छ्याङदी हाईड्रोपावरको हकप्रद शेयेरमा आजदेखि बिक्री आवेदन खुला


काठमाडौं । छ्याङदी हाईड्रोपावरको हकप्रद शेयेरमा आजदेखि बिक्री आवेदन खुला भएको छ ।कम्पनीले हाल कायम चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा .१०० रुपैयाँ अंकित दरका ३८ लाख ६७ हजार ७७५ कित्ता हकप्रद सेयरका लागि विक्री खुला गरेको हो ।
लगानीकर्ताहरुले आगामी असार १२ गते सम्म हकप्रद शेयरकालागि आवेदन दिन सक्नेछन् । गत जेठ २ गते कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज गरेको थियो ।
जेठ १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य मानिएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १२ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।
यस कम्पनीले माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना निर्माणको भुक्तानी गर्न, नुप्चे लिखु जलविद्युत आयोजनामा गरिएको ऋण रकम भुक्तानी गर्न र अन्य अल्पकालिन ऋण भुक्तानी गर्नका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो ।
हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।