सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

अर्थ समाचार

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर छभने चाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार चाँदी तोलामा ७५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार एक तोला सुनको मूल्य एक लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य दुई हजार १५० निर्धारण भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।
प्रतिक्रिया
ताजा अपडेट