ट्रम्प र सीबीच फोन वार्ता


बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार फोन संवाद भएको छ । दुई देशबीच चलेको व्यापार तनावपछि उच्च तहमा भएको यो पहिलो वार्ता हो ।
राष्ट्रपति ट्रम्पले सीसँग ‘धेरै राम्रो कुरा’ भएको बताएका छन् र आगामी दिनमा चीन भ्रमण गर्ने योजना बनाएको जनाएका छन्। उनले सीलाई पनि ह्वाइट हाउस भ्रमणको निम्तो दिएका छन् ।
यो वार्ता अमेरिका र चीनबीचको तीव्र व्यापार विवादका बीच भएको हो । फेब्रुअरीमा ट्रम्प प्रशासनले चीनमाथि शुल्क लगाउने निर्णयसँगै दुई देशबीचको व्यापार सम्बन्ध चिसिएको थियो । फोन वार्ताअघि दुबै पक्षले केही हप्ता अघि जेनेभामा भएको व्यापार सम्झौता उल्लंघन गरेको आरोप एकअर्कामाथि लगाएका थिए ।
यसबारे थप विवरण आउन बाँकी छ, तर विश्लेषकहरूका अनुसार यो वार्ता दुई देशबीचको सम्बन्ध सुधार गर्ने दिशामा एउटा सकारात्मक संकेतका रूपमा हेरिएको छ।