कोटिहोममा आज देशभरबाट चित्रकार र कविको जमघट

NepalOne २३ जेठ २०८२ ९:३८
अध्यात्म

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज देशभरबाट चित्रकार र कविको जमघट भएको छ ।कोटिहोमको दर्शन सँगै यहाँको अवस्थाको चित्रण र कविता माध्यबाट सन्देश दिन देशभरबाट चित्रकार कवि आएका महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

कोटिहोमम आएका चित्रकार र कविहरूले आफ्नो कलाको माध्यमबाट कोटिहोमको वर्णन गरेका थिए । कोटिहोममा आएका चित्रकारहरूले कोटिहोममा देखिएका दृश्य, धार्मिक पुरातात्त्विक सम्पदा, देवी देवताहरूको चित्र कलात्मक ढङ्गले कोरेका थिए । चित्रकलाले कोटिहोममा आएका भक्तजनलाई आकर्षित गरेको थियो ।

देशभरबाट आएका चित्रकारहरूको संयोजन गरेका श्याम फूयालले कोटहोममा कोरिएका चित्रहरू मानव सेवा फाउन्डेसनलाई प्रदान गर्ने जानकारी दिए । यसै गरी कोटिहोममा सहभागी कविहरूले श्रुतीमधुर स्वरमा सनातन हिन्दु धर्म संस्कृतिका बारेमा उजागर गरेका थिए ।

कोटिहोममा बिहिबार नेपालकी कान्छी वाचीका देवी अनुराधा पाण्डेयको उपस्थिति रहेको छ । कोटिहोमको औपचारिक सुरुवात हुनु भन्दा पहिले प्रारम्भमा आएर प्रवचन गरेकी अनुराधा पाण्डेय बिहिबार कोटिहोम आएकी हुन् ।


प्रतिक्रिया