केही व्यक्तिमा आएको सोचको समस्याले गर्दा गठबन्धन जोगाउन सकिएन : माधवकुमार नेपाल

NepalOne १६ पुष २०७९ ११:५०
प्रमुख खबर

काठमाडौँ / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको परिस्थितिको विश्लेषण गरेर पार्टी अघि बढ्नुपर्ने बताउनु भएको छ ।

शनिबार आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले सुरु भएको नेकपा एसको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले नयाँ किसिमको चुनौति देखा परेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “हामीले समयमै विचार नगर्दा अप्रत्याशित घटना भएर गठबन्धन भंग हुन पुग्यो ।, नयाँ परिस्थितिको विश्लेषण गरेर पार्टी अघि बढ्नुपर्ने कांग्रेसको नाम नलिई समयमै विचार नगर्दा स्थितिमा परिवर्तन भएको र अप्रत्याशित घटना भयो ।”

उहाँले केही व्यक्तिमा आएको सोचको समस्याले गर्दा सहज ढंगले जान नसकिएको बताउनु भयो । २०७४ सालमा वामपन्थीलाई दिएको जनमतको पनि सदुपयोग गर्न नसकिएको भन्दै अब कसरी जाने भन्नेबारेमा बैठकले ठोस निर्णय गर्नुपर्ने बताउनु भयो ।


प्रतिक्रिया