यो कार्यकालमा भाषण कम, काम धेरै गर्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब भाषण कम सुशासन र विकासको निम्ति समर्पित रहेर काम गर्ने बताएका छन् । चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गरने बताएका हुन् ।
उनले भने , मैले यो पटक हरेक दिन देशको पक्षमा,जनताको पक्षमा,सुशासन र विकासको पक्षमा काम गर्दै जाने र नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको छु । तपाई चितवनबासीलाई थाहा छ,मैले बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गर्ने भनेको छु । म यो कार्यकालमा धेरै भाषण गर्ने पक्षमा छैन ।
सुशासन कायम गर्न, भ्रष्टाचार र बेथिती अन्त्य गर्न आफूले पहिलो मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले जनतालाई सास्तीबाट मुक्त राख्ने आफ्नो प्रयास हुने बताए ।