क्यानाडामा ध्रुवीय भालुको जनसंख्या डरलाग्दो दरमा घट्दैः अध्ययन

क्यानाडामा ध्रुवीय भालुको जनसंख्या डरलाग्दो दरमा घट्दैः अध्ययन

एजेन्सी – क्यानाडा सरकारले गरेको नयाँ सर्वेक्षणले देशको वेस्टर्न हडसन खाडीमा रहेका ध्रुवीय भालुहरू डरलाग्दो दरमा मरिरहेका दर्शाएको छ । अन्वेषकहरूले गरेको अनुसन्धानमा त्यहाँ हाल ६१८ भालु रहेका छन् । ‘विश्वको भालुको राजधानी’ भनेर चिनिने उक्त क्षेत्रमा अघिल्लो वर्ष ८४२ भालु थिए ।

सर्वेक्षणले सन् २०११ देखि सन् २०२१ को बीचमा वयस्क भालु र भालुका छाउराहरूको संख्यामा उल्लेख्य गिरावट आएको उल्लेख गरेको छ । जलवायु परिवर्तनले भालुको संख्यामा गिरावट अएको सर्वेक्षणमा उल्लेख छ ।

‘अवलोकन गरिएको गिरावट ध्रुवीय भालुहरूमा जलवायु परिवर्तनको जनसांख्यिकीय प्रभावहरूको सम्बन्धमा लामो समयदेखि गरिएको भविष्यवाणीसँग मेल खान्छ’, अनुसन्धानकर्ताहरूले भनेका छन्  ।

यस क्षेत्रमा भालुको संख्यामा गिरावट दशकौंदेखि जारी छ । सन् १९८०देखि  ध्रुवीय भालुको जनसंख्या झन्डै ५० प्रतिशतले घटेको छ, जुन त्यतिबेला लगभग १२०० थियो ।

सर्वेक्षणले छिमेकी क्षेत्रहरूमा भालुको शिकार र विस्थापन संख्या घट्नुको मुख्य कारकको रूपमा उल्लेख गरेको छ । यद्यपि, ध्रुवीय भालुको जनसंख्यामा तीव्र गिरावटको सबैभन्दा ठूलो कारण सुदूर उत्तरमा बरफ पग्लनु रहेको बताइन्छ ।

nepal one