स्याङ्जामा खेल भइरहेको मैदानमा हेलिकप्टर अवतरण भएपछि विवाद, पाइलटमाथि हातपात

NepalOne ५ माघ २०७९ २०:४०
प्रमुख खबर

काठमाडौं – स्याङ्जामा खेल भइरहेको मैदानमा हेलिकप्टर अवतरण भएपछि विवाद भएको छ । बिहीबार दिउँसो पोखराबाट साइटसिनका लागि भन्दै स्याङ्जा पुगेको प्रभु एयरको हेलिकप्टर फुटबल खेल भइरहेको वालिङ नगरपालिकास्थित मैदानमा अवतरण गरेको थियो ।

खेल भइरहदा मैदानमा हेलिकप्टर अवतरण गराइएको भन्दै हेलिकप्टरका एक पाइलटमाथि हातपात पनि भएको छ ।

हेलिकप्टर अवतरण भएपति त्यहाँका केही व्यक्तिले पाइलट रमेश डंगोलमाथि हातपात गरेका हुन् । विवादपछि हेलिकप्टर पोखरा फर्किएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया