महानगरले निजी जग्गामा डोजर चलाउन थालेको भन्दै पीडित परिवार र सरोकारवालाहरूले गरे विरोध

NepalOne ६ माघ २०७९ १५:०४
समाचार

काठमाडौँ  / काठमाडौँ महानगरले निजी जग्गामा डोजर चलाउन थालेको भन्दै पीडित परिवार लगायत सरोकारवालाहरूले विरोध प्रदर्शन गरेका छन् ।

शुक्रबार काठमाडौँको राष्ट्रियसभा गृहमा महानगरको नगर सभाको १२ औँ अधिवेशन चलिरहेका बेला उनीहरूले सडक विस्तारको नाममा नागरिकको निजी सम्पत्ति कब्जा गर्न नपाइने भन्दै राष्ट्रिय सभागृह अगाडी प्रदर्शन गरेका हुन् ।

निजी सम्पत्तिमा विना पुर्जी गुण्डागर्दी शैलीमा डोजर आतङ्क गरिएको उनीहरूको आरोप छ । त्यस्तै उनीहरूले फोहर मैला व्यवस्थापन कहाँ पुग्यो रु टुकुचा बिगार्ने अनि लापरबाही तरिकाले छाड्ने रु हिँड्ने अधिकार सुनिश्चित गर्न फुटपाथ सुरक्षित गर्ने अभियान कहाँ पुग्योरु लगायतका प्रश्न पनि गरेका छन् । उपत्यका व्यापी सडक बिस्तार पीडित सङ्घर्ष समिति सुमन सायमीले उपत्यकाको समस्यामा समाधान गर्न काठमाडौँको मेयर असफल भएको र लोकप्रियताका लागि डोजर आतङ्क फैलाइएको बताउनुभयो । उहाँले क्षेत्राधिकार भन्दा बाहिर नजान र महानगरको निर्णयको कपी पठाएर मात्रै काम गर्न आफूले सुझाव दिँदा आफैलाई प्रहरी प्रशासन लगाएर पक्राउ गरिएको जिकिर गर्नुभयो ।

सङ्घर्ष समितिले महानगरको गलत कदमविरुद्ध आन्दोलन गर्ने तयारी समेत गरेको छ ।


प्रतिक्रिया