आइतबार घट्यो सुनको मूल्य, तोलाको कति ?

अर्थ समाचार
काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख ५ हजार २ सयमा कारोबार भएको सुन आज २ सय रूपैयाँले घटेर प्रतितोला १ लाख ५ हजार रूपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मुल्य १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ भने हिजो १ लाख ४ हजार ३ सयमा कारोबार भएके थियो ।
यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
ताजा अपडेट