एमाले पार्टी सत्यसँग कहिल्यै नलड्ने, शक्तिसँग नझुक्ने – ओली

एमाले पार्टी सत्यसँग कहिल्यै नलड्ने, शक्तिसँग नझुक्ने – ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इमानको बाटोमा कार्यकर्तालाई हिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

बुधबार एमाले पार्टी मुख्यालयमा स्कुल विभागले आयोजना गरेको विशेष अनुशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले एमाले पार्टी सत्य र इमानमा विश्वास गर्ने पार्टी भएकाले अनुशासित ढङ्गले अगाडि बढ्नुपर्ने बताए ।

उनले भने – ‘हामीले सत्यको बाटो लिने हो । छलछामको बाटो लिने होइन । चलाखीको बाटो होइन । इमानको बाटो लिने हो’ उनले थपे ‘हामी अनुशासित ढङ्गले अगाडि बढ्छौँ । एमालेपन भनेको अनुशासित हो ।’

एमाले पार्टी सत्यसँग कहिल्यै नलड्ने, शक्तिसँग नझुक्ने भन्दै उनले सत्यसँग बाझिएको शक्ति छ भने हामी त्यस्तो शक्तिसँग नझुक्ने बताए ।

nepal one