समयमै मल उपलब्ध गराउने कार्य योजना पेश गर्न सुशासन समितिको निर्देशन

काठमाडौं । दिगो विकास तथा सुशासन समितिले समयमै मल उपलब्ध गराउने कार्य योजना पेश गर्न निर्देशन दिएको छ । समितिले किसानहरुलाई कृषि मल समयमा नै उपलब्ध गराउने सुनिश्चितताका सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई कार्य योजनासहित समितिको अर्को बैठकमा उपस्थितिका लागि निर्देशन दिएको हो ।

किसानहरुलाई कृषि मल एवम् बीउविजन समयमा नै उपलब्ध गराउने सुनिश्चितता सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र सरोकारवालसँग छलफल तथा विविध कार्यसूचीमा समितिका सदस्य, प्रतिनिधि सभाका सदस्य, राष्ट्रिय किसान आयोग, कृषि सामग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र सरोकारवाला एवम् विज्ञहरुको सहभागितामा छलफल भएको थियो ।

यसैगरी, समितिका सदस्यहरु कृष्णप्रसाद पौडेल, नन्दा चपाई, नारायणप्रसाद दाहाल, भुवन बहादुर सुनार, महेशकुमार महरा, विमला घिमिरे, सिँगबहादुर वि।क, शारदा देवी भट्ट, प्रतिनिधि सभाका सदस्यहरु सरिता प्रसाई र देवप्रसाद तिमिल्सेनाले बैठकमा धारणा तथा सुझाव राख्नुभयो हो ।

Reporter