शुक्रबार ह्वातै घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । बिहिबार १ लाख ६ हजार ९०० रुपैयाँ कारोबार भएको सुनको मूल्य आज तुलनामा प्रतितोला रु ११ सयले घटेर १ लाख ५ हजार ८०० सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ५ हजार ३ सय छ । । यसको मूल्य अघिल्लो दिन रू १ लाख ६ हजार ४०० रुपैयाँमा थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहि प्रतितोला रु १ हजार ३ सय ८० कायम रहेकोे महासङ्घले जनाएको छ ।

Reporter