अस्पतालको बिल तिर्न नसक्दा कीर्तिपुर अस्पतालले दिएन शव


काठमाडौं । आइतबार आगोले जलेको कारण कीर्तिपुर अस्पतालमा मृत्यु भएकी रौतहटका २५ बर्षीया पुनम कुमारीको शव अस्पताल दिएको छैन । अस्पतालमा एक लाख ८ हजार रूपैयाँ बुझाउन बाँकी भएको कारण कीर्तिपुर अस्पतालले कुमारीको शव नदिएको हो ।
मृत्युपछि अस्पतालको बिल तिर्न नसकेर कुमारीको शव अस्पतालले नदिएको श्रीमान मनोज कुमारले गुनासो गरेका छन् । उनक अनुसार अस्पतालमा एक लाख ८ हजार रूपैयाँ बुझाउन बाँकी छ । ‘अस्पताल प्रशासनले इलाज गरेको पैसा तिरेर मात्रै लैजानु भनेको छ । उपचार गर्दा आफूसँग भएको पनि सकियो । सापटी गर्ने ठाउँमा पनि छैन । कसरी शव निकाल्ने हो ? गौर अस्पतालमा उपचार हुँदा ७० हजार सकियो । करिब एक महिनामा कीर्तिपुर अस्पतालमा ४ लाख रुपैयाँभन्दा बढी खर्च भयो ।’
९ पुसमा दुई महिनाको छोरालाई तेल लगाउने क्रममा कुमारीको लुगामा आगो सल्किएका कारण शरीर जलेको थियो । केही दिन परिवारले नजिककै गौर अस्पतालमा उपचार गरेका थिए । तर, जलेको घाउ बिग्रदै गएपश्चात अस्पतालले रिफर गरि काठमाडौंमा पढाएको थियो ।