नेपाल क्रिकेट संघ कार्यवाहक सचिव प्रशान्तविक्रमले दिए राजीनामा

NepalOne १८ माघ २०७९ ११:३५
खेलकुद

पोखरा । नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् । मंगलबार पोखरामा बसेको बोर्ड बैठकमा मल्लले पदबाट राजीनामा दिएका हुन् ।

नेपाल टी२० लिगमा विवाद, फिक्सिङ, तथा तीव्र आलोचनापछि मल्लले राजीनामा दिएका हुन् । क्यानका सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि एक वर्ष अघि कार्यवाहक सचिवको जिम्मेवारी मल्लले पाएका थिए । मल्लले राजीनामा दिएसँगै क्यानका कार्यवाहक सचिवको जिम्मेवारी केन्द्रीय सदस्य दुर्गाराज पाठकले पाएका छन् ।

मंगलबार बसेको कार्यसमितिको बैठकमा संघका ७ जना केन्द्रीय सदस्यले लिखित रुपमै अध्यक्ष चतुरबहादुर चन्दको लिखित रुपमा राजीनामा मागेका थिए । केन्द्रीय सदस्य गौतमसँगै दाउद अन्सारी, करण महतरा क्षेत्री, संजयराज सिंह, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले अध्यक्ष चन्दको राजीनामा माग्नेका थिए ।


प्रतिक्रिया