नेपाली युवामाझ प्रेमिल बन्दै प्रेम दिवस, यस्तो छ रोचक कथा !

नेपाली युवामाझ प्रेमिल बन्दै प्रेम दिवस, यस्तो छ रोचक कथा !

काठमाडौं । संसारका प्रेमी–प्रेमिका प्रेम गर्ने र प्रेम गर्न चाहनेका लागि एउटा विशेष उत्सवको दिन हो  प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । यो दिन  प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण मानिन्छ । विशेष गरी यो दिवस १४ फेब्रुअरीका दिन विशेष रुपमा मनाइने गरिन्छ । भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो । प्रेम गर्नका लागि कुनै सीमितता हुँदैन ।

प्रेम आफैँमा एउटा रङ्गिन अनुभूति हो । कसैसँग प्रेमको कल्पना गर्दा मात्र पनि शरीरमा अर्कै तरङ्ग सञ्चार हुन्छ । त्यसमाथि युवा मन, प्रणय चिन्तनले तरङ्गित बनाउने नै भयो । प्रणय दिवसले प्रत्येक वर्ष संसारका हरेक युवा युवतीको मनमा यस्तै तरङ्ग सृजना गर्छ । मनमा उत्पन्न भएको तरङ्गलाई आफ्नो मनले खाएकोलाई अभिव्यक्त गर्ने दिन नै हो प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे  ।  यो दिनले धेरै मनबिचको पर्खाल भत्काउँछ । सीमारेखाहरू मेटाउँछ र दुई मुटुलाई एक गराउँछ । सुन्दर नयाँ संसारको सपना देखाउँछ ।  समग्रमा भन्दा प्रणय एउटा बाँच्ने आधारशिला नै हो । 

 प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडयस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे । उनको बुझाइ थियो, अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् ।

त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरेर निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू.२७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ । 

त्यस्तै यति बेला काठमाडौं उपत्यकामा भ्यालेन्टाइन डेको विशेष माहौल छ । काठमाडौं उपत्यकामा भ्यालेन्टाइन डे स्पेसलरुपमा मनाइँदै छ । काठमाडौं मात्रै होइन, भ्यालेन्टाइन डे देशभर नै प्रेमिलरुपमा मनाइँदै छ । वर्ष दिनको सबैभन्दा रोमान्टिक दिनका रूपमा मानिने भ्यालेन्टाइन डे का लागि मान्छेहरू माया र प्रेम बाँड्न आतुर हुन्छन् र आ९आफ्नै तरिकाले तयारीमा लागेको पाइन्छ । आफ्नो दक्ष अनुसार फूल, कार्ड, चकलेट, उपहार,किनमेल धेरै कुराको व्यवस्थापनमा मान्छेहरू व्यस्त भएको देखिन्छ ।

मान्छेहरू पुरा साता नै भ्यालेन्टाइन विक का रूपमा सेलिव्रेट गर्छन्। फेब्रुअरी ७ देखि १४ सम्म प्रत्येक दिन कुनै न कुनै रूपमा मनाउँछन्। फेब्रुअरी ७ मा गुलाफ दिन रोज डे, ८ मा प्रस्ताव दिन प्रपोज़ डे, ९ मा चकलेट दिन, १० मा टेडी डे, ११ मा वाचा दिन प्रमिस डे, १२ मा अङ्कमाल दिन हग हे, १३ मा चुम्बन दिन किस डे र फेब्रुअरी १४ मुख्य दिन जसलाई धेरै युवा युवतीहरू प्रतीक्षारत छन् । यस दिनलाई प्रेम र प्रणय दिन भ्यालेन्टाइन डे भनेर चिनिन्छ । 

Reporter