फियोरेन्टिनामाथि युभेन्ट्सकाे १–० को जित दर्ता

खेलकुद
काठमाडौं, १ फागुन । इटालियन सिरी ‘ए’ कै खेलमा युभेन्ट्सले फियोरेन्टिनामाथि १–० को जित दर्ता गरेको छ ।
पहिलो हाफमा एड्रिएन राविओटले गरेको गोल नै युभेन्ट्सको जितमका लागि निर्णायक बन्यो यस जितसँगै युभेन्ट्स २२ खेलबाट २९ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।
नियम उल्लंघन गरेका कारण युभेन्ट्सको १५ अंक घटाइएको थियो । पराजित फियोरेन्टिना २२ खेलबाट २४ अंक जोडेर १४औं स्थानमा छ ।
प्रतिक्रिया
ताजा अपडेट