कला संस्कृतिको नयाँ खोज गरी समाजका वास्तविक इतिहासका तथ्यलाई बाहिर ल्याउनुपर्छ – पर्यटनमन्त्री

कला संस्कृतिको नयाँ खोज गरी समाजका वास्तविक इतिहासका तथ्यलाई बाहिर ल्याउनुपर्छ – पर्यटनमन्त्री

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कला संस्कृतिको नयाँनयाँ खोज अनुसन्धान गरी समाजका वास्तविक इतिहासका तथ्यलाई बाहिर ल्याउनुपर्ने बताउका छन् ।

मंगलबार नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा तीनवटै प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त प्राज्ञहरूबीच भएको परिचयात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् । अहिले प्रतिष्ठान परीक्षाको घडीमा रहेको र परीक्षामा कुनै हालतमा पनि फेल हुन नहुनेमा उनले जोड दिए ।

उनले सङ्घीय गणतन्त्र नेपालको मर्मानुसार नेपाली सङ्गीत, कला र संस्कृतिको विकासमा लाग्न तीनवटै प्रज्ञा–प्रतिष्ठानका कुलपतिलगायत प्राज्ञहरूलाई आग्रह गरे । समाजको जरामा बसेर समाजको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको भन्दै उनले गणतन्त्रको मर्मलाई कदापि भुल्न नहुनेमा जोड दिए ।

nepal one