अवैध लागूऔषध ब्राउनसुगरसहित धनगढीवाट एक नियन्त्रणमा

कैलाली, १६ फागुन । धनगढी उपमहानगरपालिका– ९ त्रिबेणीघाटबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक पक्राउ परे्का छन ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार २ ग्राम ३ सय ९० मिलिग्राम ब्राउनसुगर सहित सोही उपमहानगरपालिका–८ धनगढीगाउँ बस्ने २६ वर्षीय राजेश रानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको  हो । 

अस्थाई प्रहरी पोष्ट जुगेडा र सशस्त्र प्रहरी बल बीओपी बङग्राकटानबाट संयुक्त रुपमा खटिएको प्रहरीले साइकलमा आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो ।

उनी माथी थप छानबिन भईरहेको छ । 
 

nepal one