प्रचण्डले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन मानेन्न : अध्यक्ष ओली

प्रचण्डले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन मानेन्न : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन नमान्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भएको बताउनु भएको छ।

आज नेकपा एमालेले पार्टी केन्द्रीय कार्यलय च्यासमा सांसदहरूलाई प्रशिक्षण दिनुहुँदै उहाँले यस्तो कुरा बताउनु भएको हो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘पहिलो पटक प्रधानमन्त्री हुँदा द्वन्द्वकालिन मुद्दा टुग्याउन आग्रह गर्दा प्रचण्डले मान्नुभएन । कहिले के भनेर कहिले के भनेर पन्छिनु भयो ।’

अध्यक्ष ओली भन्नुहुन्छ, ‘मैले प्रचण्ड र शेरबहादुरजीलाई पटकपटक भनें। द्वन्द्वका प्रमुख पक्ष र विपक्ष तपाईंहरु हो । यसको एउटा खाका बनाउँ । म दुवै हातका औंठा छाप गरीदिन्छु भने तर उहाँले वास्ता गर्नु भएन ।’

nepalone